२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

१६ आश्विन २०७३, आईतवार ०७:३१

असोज १६, सप्तरी । विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ । 

विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिकरण राजविराजका इलेक्ट्रिकल विभागका अनन्तलाल मण्डलमाथि स्थानीयवासी जीवछ साह र मनोज यादव सहितका व्यक्तिले कुटपिट गरेको प्राधिकरणका प्रमुख रामउदगार साहले बताउनुभयो । 

साथै जिल्लाका भगवतपुर, सडेपार, सकरपुरा, मझोरा र बनोली हुँदै डिवनमा विद्युत् चोरी क्रममा समातिएका नौ जना भगाउनका साथै अभियुक्तले तीन थान मोटर र दुई थान सिलाइकटाइको यन्त्र लगायत सामान प्राधिकरणका कर्मचारीबाट खोसेको प्रमुख साहले जानकारी दिनुभयो । 

यसैबीच प्राधिकरण वितरण केन्द्र राजविराजले कुटपिट गर्नेमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । केही दिनयता सप्तरी जिल्लामा व्यापक विद्युत् चुहावट भइरहेको जनाउँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त रुपमा अनुगमनलाई नियन्त्रण दिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव