२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट

२०७३, १६ आश्विन आईतवार ०७:३१

असोज १६, सप्तरी । विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ । 

विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले स्थानीय डिवनमा चोरी नियन्त्रण गर्न गएका प्राधिकरण राजविराजका इलेक्ट्रिकल विभागका अनन्तलाल मण्डलमाथि स्थानीयवासी जीवछ साह र मनोज यादव सहितका व्यक्तिले कुटपिट गरेको प्राधिकरणका प्रमुख रामउदगार साहले बताउनुभयो । 

साथै जिल्लाका भगवतपुर, सडेपार, सकरपुरा, मझोरा र बनोली हुँदै डिवनमा विद्युत् चोरी क्रममा समातिएका नौ जना भगाउनका साथै अभियुक्तले तीन थान मोटर र दुई थान सिलाइकटाइको यन्त्र लगायत सामान प्राधिकरणका कर्मचारीबाट खोसेको प्रमुख साहले जानकारी दिनुभयो । 

यसैबीच प्राधिकरण वितरण केन्द्र राजविराजले कुटपिट गर्नेमाथि कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । केही दिनयता सप्तरी जिल्लामा व्यापक विद्युत् चुहावट भइरहेको जनाउँदै प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्त रुपमा अनुगमनलाई नियन्त्रण दिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह