वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | वैदेशिक रोजगारी क्षेत्रमा रहेका समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल भएको छ । मलेसिया भ्रमणमा रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यहाँका म्यानपावर व्यवसायीबीच छलफल गरेको हो ।

नेपाली वैदेशिक रोजगार व्यवसायी र मलेसियन वैदेशिक रोजगार व्यवसायीबीचको द्वीपक्षीय सम्बन्ध सुदृढ गर्न, नेपालबाट मलेसिया कामदार ल्याउने सिलसिलामा देखिएका अप्ठ्याराहरू फुकाउने लगायतका विषयमा छलफल भएको हो ।

मलेसियाका उद्योग व्यवसायी संघ संस्थाहरूसँग समेत छलफल गरिएको संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

वैदेशिक रोजगार व्यवसायी र रोजगारदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने  र निकट भविष्यमा गरिने जब फेयर सम्बन्धी प्रारम्भिक छलफल भएको महासचिव भुर्तेलले बताए ।

मलेसियाको पर्साटुअन इन्डस्ट्री केसेलमटन मलेसिया ९पीआईएएम० र संघबीच विभिन्न विषयमा छलफल भएको हो । उनीहरूबीच कामदारहरूको सहज भर्तीका विषयमा विचार आदानप्रदान गरिएको छ । त्यस्तै मलेसियामा दर्ता नभएका एजेन्टहरूलाई निरुत्साहित गर्ने विषयमा समेत छलफल भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!