नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका थप एकजना कर्मचारी पक्राउ

Posted on: 17 Aug, 2023

साउन ३२,  काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सिटिजन्स बैंकको थप एक जना कर्मचारी पक्राउ परेका छन् ।

बैंकका कर्मचारी दलबहादुर पुनलाई काठमाडौं प्रहरीले नक्क्ली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले बैंकमा जागिर खान पेश गरेको बीकमको नक्कली प्रमाणपत्र पेश गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले भारतीय कलेजको बीकमको नक्कली प्रमाणपत्रसँग त्रिभुवन विश्वविद्यालयले इक्विभालेन्ट भनेर दिएको प्रमाणपत्रसमेत नक्कली भेटिएको छ ।

पुनको नक्कली प्रमाणपत्रका सम्बन्धमा बैंकले प्रहरीलाई जानकारी दिएको थियो । त्यसलगत्तै प्रहरीले पुनलाई नियन्त्रणमा लिएको हो । बैंकले त्रिभुवन विश्वविद्यालयसँग समेत पुनको प्रमाणपत्रबारे बुझेको थियो ।

प्रहरीले बैंकका अन्य कर्मचारीसमेत छानबिनको दायरामा राखेको छ । प्रहरीका अनुसार बैंकका अन्य तीन जना कर्मचारीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ ।

यसअघि सिटिजन्स बैंककै मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परिसकेका छन् । उनीहरु बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!