भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

Posted on: 18 Aug, 2023

भदौ १, काठमाडौँ | भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा  वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन् ।

आज अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

यस्तै, आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोलि उनी चौधरी समूहले निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । उनले भोलिदेखि ४ गतेसम्म हनुमान कथा वाचन गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!