३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on: 18 Aug, 2023

भदौ १, झापा | झापामा ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।झापा गाउँपालिका २ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई माझीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!