जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु, बुबा गम्भीर बिरामी

Posted on: 18 Aug, 2023

भदौ १, दाङ | दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ । भने  श्रीमानको उपचार भइरहेको छ |

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको र ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए । मृतकका श्रीमान् अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!