बिच्छीले टोकेपछि विष फैलिने डरले एक युवकले काटें आफ्नो लिंग

Posted on: 18 Aug, 2023

भदौ १, मकवानपुर | मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले आफ्नै लिंग नै काटेको बताएका छन् ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला लिंग काटेका थिए ।

बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए ।

ती युवकले बिच्छीले टोकेपछि झोलामा भएको दाह्री काट्ने ब्लेड निकालेर लिंग काटेको उनले बताएका छन् । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ ।

चिकित्सकहरुका अनुसार उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको छ । उनको लिंगको आधा भाग काटिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!