नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

Posted on: 19 Aug, 2023

भदौ २, काठमाडौँ | नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।

स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!