त्रिशुली नदीमा हामफाल्न पुलमा झुन्डिएका एक व्यक्तिको सकु्शल उद्धार

Posted on: 19 Aug, 2023

भदौ २, काठमाडौँ | त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकु्शल उद्धार गरेको छ।

चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका ती व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको हो |

शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा झुण्डिएका थिए।

उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएका ११ जनाको  टोलीले रोप रेस्क्यु विधिबाट उनलाई जिवितै उद्धार गरेको हो। 

उद्धार गरिएका परियारलाई उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाएको छ। उनी किन हामफाल्न खोजेका हुन् भन्ने नखुलेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!