८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चाडपर्व लक्षित गरी बिराटनगर सहित मोरङमा विशेष सुरक्षा योजना

१६ आश्विन २०७३, आईतवार १०:१८

रोशन पोखरेल । असोज १६, विराटनगर । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर आजबाट लागू गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनको आयोजना गरेर नजिकिंदो चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको जानकारी दिइएको छ । विशेष सुरक्षा योजना सफल बनाउनका लागि एक हजार तीन सय ५० प्रहरी परिचालन गरिएको छ । विराटनगरमा मात्र चार सय ५० प्रहरी परिचालित छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले चाडपर्वलाई सर्वसाधारणले मर्या्दित एवं सुरक्षित रुपमा मनाउने वातावरण तयार गर्न सुरक्षा रणनीति बनाएको बताउनु भयो । उहाँले मठ मन्दिर एवं शक्तिपिठमा भक्तजनको पुजा पाठलाई व्यवस्थित बनाउन, सर्वसाधारणको जीउ र धनमालको सुरक्षा गर्न, सवारी साधनमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित र सुरक्षित बनाउन, पर्वका नाममा हुने आतिसवाजी, जुवातास, मदिराजन्य झैझगडा रोकथाम गर्न, सरकारी कार्यालय एवं सार्वजनिक ठाउँको सुरक्षा व्यवस्था मिलाउन र गैर कानुनी गतिविधीलाई निरुत्साहित गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनु भयो । प्रहरीले योजना अन्तर्गत चेकजाँचलाई व्यापक बनाउँदै माईकिङ र पर्चा पम्प्लेटमार्फत सुरक्षा चेतना अभिवृद्धि गर्न थालेको छ । 

सुरक्षा निकायबीच समन्वय बढाएर आकस्किमक चेकजाँच समेत बढाइएको एसपी भण्डारीले बताउनु भयो । सार्वजनिक स्थाल र मानविय चहलपहल बढी हुने स्थानको निगरानी बढाइएको छ । प्रहरीले राजमार्ग, बजार, भित्री सडक र जंगलमा पैदल, साईकल तथा मोटरसाइकल गस्ती समेत बढाएको छ । अवैध मदिरा नियन्त्रणमा थप जनशक्ति परिचालन गर्नुका साथै भारतीय काउन्टर पार्टसको समन्वयमा जोगवनी लगायत सीमा नाकामा समन्वय अधिकृतको व्यवस्था गरिएको एसपी भण्डारीले बताउनु भयो । ‘सबैलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्छु,’ उहाँले भन्नु भयो, ‘सुरक्षा प्रहरीले दिने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ