२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

चाडपर्व लक्षित गरी बिराटनगर सहित मोरङमा विशेष सुरक्षा योजना

२०७३, १६ आश्विन आईतवार १०:१८

रोशन पोखरेल । असोज १६, विराटनगर । दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर आजबाट लागू गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनको आयोजना गरेर नजिकिंदो चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना लागू गरिएको जानकारी दिइएको छ । विशेष सुरक्षा योजना सफल बनाउनका लागि एक हजार तीन सय ५० प्रहरी परिचालन गरिएको छ । विराटनगरमा मात्र चार सय ५० प्रहरी परिचालित छन् । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले चाडपर्वलाई सर्वसाधारणले मर्या्दित एवं सुरक्षित रुपमा मनाउने वातावरण तयार गर्न सुरक्षा रणनीति बनाएको बताउनु भयो । उहाँले मठ मन्दिर एवं शक्तिपिठमा भक्तजनको पुजा पाठलाई व्यवस्थित बनाउन, सर्वसाधारणको जीउ र धनमालको सुरक्षा गर्न, सवारी साधनमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित र सुरक्षित बनाउन, पर्वका नाममा हुने आतिसवाजी, जुवातास, मदिराजन्य झैझगडा रोकथाम गर्न, सरकारी कार्यालय एवं सार्वजनिक ठाउँको सुरक्षा व्यवस्था मिलाउन र गैर कानुनी गतिविधीलाई निरुत्साहित गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिनु भयो । प्रहरीले योजना अन्तर्गत चेकजाँचलाई व्यापक बनाउँदै माईकिङ र पर्चा पम्प्लेटमार्फत सुरक्षा चेतना अभिवृद्धि गर्न थालेको छ । 

सुरक्षा निकायबीच समन्वय बढाएर आकस्किमक चेकजाँच समेत बढाइएको एसपी भण्डारीले बताउनु भयो । सार्वजनिक स्थाल र मानविय चहलपहल बढी हुने स्थानको निगरानी बढाइएको छ । प्रहरीले राजमार्ग, बजार, भित्री सडक र जंगलमा पैदल, साईकल तथा मोटरसाइकल गस्ती समेत बढाएको छ । अवैध मदिरा नियन्त्रणमा थप जनशक्ति परिचालन गर्नुका साथै भारतीय काउन्टर पार्टसको समन्वयमा जोगवनी लगायत सीमा नाकामा समन्वय अधिकृतको व्यवस्था गरिएको एसपी भण्डारीले बताउनु भयो । ‘सबैलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्छु,’ उहाँले भन्नु भयो, ‘सुरक्षा प्रहरीले दिने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा