काठमाडौंको ढुंगेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, एक बालिका घाइते

Posted on: 20 Aug, 2023

भदौ ३, काठमाडौं | काठमाडौंको वनस्थली ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन् ।

बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय रामकुमार भारती र  सिन्धुपाल्चोकको साँगाचोकगढी-३ की ३२ वर्षीय अनिता थापामगरको रहेको प्रहरीले जनाएको छ | उनीहरु दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममामृत्यु भएको प्रहरीले बताए | दुर्घटनामा अनिताकी नौ वर्षीय छोरी अनिसा घाइते भएकी छन् । उनको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!