काठमाडौंका मेयरको कार्यालय अगाडि ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ’ भन्दै प्रदर्शन

Posted on: 20 Aug, 2023

भदौ ३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन गरेका छन् । 

विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले महानगरका मेयर बालेन शाहको कार्यालय रहेको राष्ट्रिय सभागृह गेट अगाडि प्रदर्शन गरेका हुन् | स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिएका थिए ।

आजको प्रदशनमा ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिन्न’लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए। 

२ महिनादेखि आफूहरूको मागबारे महानगरलाई पटक पटक ध्यानाकर्षण गराउने काम भए पनि महानगर संवेदनशील नभएकोले बाध्य भएर प्रदर्शनमै उत्रिनु परेको उनीहरूले बताएका छन् ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!