२० वर्षीया युवतीलाई ललाई फकाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

Posted on: 21 Aug, 2023

भदौ ४, झापा | झापामा २० वर्षीया युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ |

पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राईलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।  

राईले ती युवतीलाई ललाई फकाई साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ । प्रहरी चौकी तोपगाछीको टोलीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!