जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी प्रशिक्षण कार्यशालामा बालेनसहित तीन मेयरलाई आमन्त्रण

Posted on: 21 Aug, 2023

भदौ ४, काठमाडौँ | जापानमा हुने स्मार्ट शहरहरूसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यशालामा नेपालका तीन मेयर सहभगाी हुने भएका छन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल र परशुराम नगरपालिका प्रमुख भरत जोशीलाई सहभागिताका लागि आमन्त्रण गरिएको हो ।  

संयुक्त राष्ट्र क्षेत्रीय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त जापानको नागोयामा २९ अगस्ट र १ सेप्टेम्बरमा हुने छ । प्रशिक्षण कार्यशालामा समावेशी, लचिलो, दिगो शहर र समुदाय निर्माणका लागि स्मार्ट शहरहरूसम्बन्धी छलफल हुनेछ ।

कार्यक्रममा काठमाडौं, धनगढी, परशुराम, थिम्पु, नोम फेह, सिएम रीप, बट्टाम्बाङ, चण्डीगढ, नुसानतारा, मकासर, लुआङ प्राबाङ, कोटा किनाबालु, कुचिङ सिटी साउथ, पेनाङ, सेबु, दाभाओसहित १८ सहरका मेयर सहभागी हुने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!