२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु, एक जना घाइते

२०८०, ४ भाद्र सोमबार ०९:०१

भदौ ४, नुवाकोट | नुवाकोटमा बोलेरो दुर्घटना हुँदा लेखापरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ पुल्चोकका ५५ वर्षीय होमबहादुर बस्नेत रहेका छन् । 

देउरालीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२ झ ६०५६ नम्बरको बोलेरो जीप शुभघाटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परेका बस्नेतलाई स्थानीयवासीले उद्धार गरी नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक वस्नेत लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि म्यागङ गाउँपालिकामा वस्दै आएका थिए ।


चालक म्यागङ गाउँपालिका–५ का ३५ वर्षीय जसवीर तामाङको घाइते भएका छन् | उनको खुट्टामा चोट लागेको छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते