भक्तपुरको बाल सुधार केन्द्रबाट तोडफोड गरेर भागे बालबालिका

Posted on: 21 Aug, 2023

भदौ ४, भक्तपुर | भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी बालबालिका भागेका छन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार(आज) दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन्।

विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ।

पाठकले भने ‘सुधार गृहमा ३ सय जना जति थिए। तोडफोड गरेर उनीहरू भागेका छन्। तीमध्ये केहीलाई हामीले नियन्त्रणमा लिएका छौं,’।

उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन्।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। 

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो। 

अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरकाले जानकारी दिए। उनको शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!