दाङमा अपहरण गरि कुटपिट गरेको आरोपमा सात जना पक्राउ

Posted on: 22 Aug, 2023

भदौ ५, दाङ | दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा सात जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का सेवारका ४१ वर्षीय जीतबहादुर बिकलाई आइतबार राति अपहरण गरी अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही १९ का ३२ वर्षीय दीपक सुनार, २४ वर्षीय हिरा सुनार, २३ वर्षीय जीवन सुनार, २० वर्षीय मनोज घर्ती मगर, ३४ वर्षीय खिमबहादुर घर्ती मगर र दुई जना नाबालिग रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए ।

प्रहरी गौतमका अनुसार गत आइतवार राति विकलाई अपहरण गरी रा १ह ४१३१ नम्बरको अटो रिक्सामा राखेर घोराही १९ थकालीकोटस्थित दीपक सुनारको खाली घरमा पुर्‍याएको थियो । त्यहाँ उनलाई कुटपिट गरी घाइते बनाएको अवस्थामा फेला पारेको बताएको छ ।

उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!