१६ घण्टापछि अवरुद्ध मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

Posted on: 22 Aug, 2023

भदौ ५, चितवन | चितवनको अवरुद्ध मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।  सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो १६ घण्टापछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो ।

पहिरो सफा भएपछि दिउँसो १ बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख पौडेलले बताए ।

रातभर पहिरो पन्छाउने काम गरिएको भएपनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएका थिए |

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए ।

उनले काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!