२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय पुरुष पक्राउ

Posted on: 22 Aug, 2023

भदौ ५, दाङ | दाङमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय पुरुष पक्राउ परेका छन् ।

रोल्पा, लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

डाँगीले ती महिलालाई दाङको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!