भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान १०:४० बजे त्रिशुलीमा खसेको हो |
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!