भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा परि २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको डिएसपी जयसवालले जानकारी दिए ।
उनले भने‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् भने घटनाबारे विस्तृत विवरण आउँदै छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!