वर्षाका कारण काठमाडौँमा ट्राफिक व्यवस्थापन गर्न जटिल

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।

सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नियमित परेको वर्षाका कारण उपत्यकाभित्रका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । “ठूलो पानी परेपछि  साघुँरा, खल्डाखुल्डी भएका सडकमा पानीको निकास नहुँदा समस्या भएको छ”, उनले भने, “सडकका खाल्डोमा पानी जम्दा सवारी आवागमनमा समस्या भएको हो ।”

उपत्यकाभित्र दैनिक सवारी साधनको सङ्ख्या बढे पनि बाटो नबढ्दा लामो समयसम्म सावरी जाम हुने गरेको भट्टले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!