चुरियामाईमा अगाडि तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Posted on: 24 Aug, 2023

भदौ ७, मकवानपुर | मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई अगाडि तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको  मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । 

दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय  र एक जना नेपाली रहेका छन् । 

बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!