बारा बस दुर्घटना: घाइते भन्छन्- चालकले होटलमा मदिरा पिएका थिए

Posted on: 24 Aug, 2023

भदौ ७, मकवानपुर | चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् ।

होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।

सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।


दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ।


काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!