वाग्नर प्रमुख प्रिगोजिनसँगै मारिएका ९ जना को–को हुन् ?

Posted on: 24 Aug, 2023

एजेन्सी | मस्कोको उत्तर–पश्चिम इलाकामा भएको एक विमान दुर्घटनामा वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनको मृत्यु भएको छ । 

यो विमानमा सात यात्रीसहित चालक दलका तीनजना सवार थिए । यी सबैको मृत्यु भएको छ । विमानमा सवार सबैको पहिचान गरिसकिएको छ । 


रुसको उड्डयन निकायले सात जना यात्रुको पहिचान गरी उनीहरूको नाम दिएको छ ।

प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, येभगेनी मकर्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको थियो ।

चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को–पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए ।

यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रुसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!