दुई दिनपछि कालिमाटी तरकारी बजारले तोक्यो प्याजको मूल्य

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्यााजको मूल्य तोकेको छ ।

आइतबारसम्म ६१ रुपैयाँ प्रति केजी रहेको प्याजको मूल्य सोमबार बढाएर न्युनतम ७५ रुपैयाँ प्रतिकेजी र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको थियो ।


सोमबारदेखि बढेको प्याजको मूल्य समितिले मंगलबारदेखि दैनिक रुपमा सार्वजनिक गर्ने मूल्य सूचीबाट प्याजलाई हटाएको थियो भने, आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो ।

आज समितिले राखेको मूल्यसूचीमा भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ७५ रुपैयाँ र अधिकतम ८० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि नेपालमा  व्यापारीले प्याज आयात राेकेका थिए ।

आजदेखि कालिमाटीमा प्याजको आयात सुरु भएको समितिका कर्यकारी निर्देशक डाल प्रसाद पुडासैनीले बताए । रोकिएको आयात आजदेखि खुलेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!