कोशी सरकारविरुद्ध रिट दर्ता नगरेपछि अनसन बस्न सर्वोच्च पुगेका शर्मा पक्राउ

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक जना पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।


शर्माले कोशीका मुख्यमन्त्री थापाले सोमबार लिएको विश्वासको मत असंवैधानिक भन्दै खारेज गर्न माग गरि सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर,सर्वोच्चले उनको रिट दर्ता गर्न मानेन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको गेटमा पुगेका थिए । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!