२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समीक्षाको अपील- झूटो समाचार छापेर बदनाम नगरिदिनुस्

२०८०, ७ भाद्र बिहीबार ०९:४८

भदौ ७, काठमाडौँ | गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका समाचार झूटो भएको बताएकी छन् । अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको उनको गुनासो छ ।

केही मिडियामा समिक्षाले दिदी शर्मिलालाई केयर टेकरका रुपमा अष्ट्रेलिया लगेर उतै छाडेपछि अष्ट्रेलियाले उनको भिषा रद्द गरेको समाचार प्रकाशित गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले आफ्नो विषयमा आएका समाचारबारे प्रष्टीकरण दिएकी हुन् । उनले समाचारहरु हेरेर आफू आश्चर्यमा परेको बताएकी छन् ।

‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो ?’, उनले लेखेकी छन्, ‘एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ?’

समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने भनिएको र आफूले त्यो पठाइसकेको उल्लेख गरेकी छन् ।

‘भएको यति हो । म एउटा अँध्यारो समयलाई आफ्नै बलबुता र दर्शक, शुभचिन्तकको मायाले बिर्सेर अगाडी बढ्न खोज्दै गर्दा किन मेरो बदनाम गराउन उद्दत हुनुहुन्छ ? मैले भोग्नुपर्ने भोगिसकेँ । सहनपर्ने सहिसकेँ । प्लिज मलाई नगिजोल्नुस ।’

‘मेरो व्यक्तिगत कुराहरु हुन्छन् । मेरो अनुमतिबिना मेरो भिषाको स्टाटस चेक गर्न तपाईं बसेको देशको कानुनले दिन्छ ? म संग एक चोटी सोधेको भए दिदिको बारेमा मै तपाईहरुलाई बताउँथे’, उनले भनेकी छन् ।

आफ्नी दिदी कुनै नियम तोडेर नभइ अष्ट्रेलियाको नियममै रहेर त्यहाँ पढिरहेको उनको भनाइ छ ।

‘दिदीसँगको कुरा जोडेर प्लिज म र मेरो परिवारलाई तथ्यहिन कुरा नलेखिदिनुस । सक्नुहुन्छ दुइवटा मिठा शब्द बोलिदिनुस जसले मनोबल बढावोस । सक्नु हुन्न मलाई मानसिक तनाव नदिनुस’, उनले भनेकी छन् ।

आफू ब्ल्याक लिस्टमा परेको खबर सरासर झुठो भएको समिक्षा बताउँछिन् ।

‘मलाई अहिले तिज कार्यक्रमको लागी दिदी-बहिनी इभेन्टले बोलाएको हो । म १८ बर्ष पुगिसकेको छु र मैले गार्जियन एप्प्लाई गरेको छु भन्ने कुरा सरासर झुठो हो । यस्ता भ्रामक समाचार मा बिश्वास नगरिदिनु हुन बिनम्र आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

‘म देश विदेशमा रहेका समस्त मेरा भगवान सरहका दर्शकको माया, ममता र सदभाबले पटक-पटक टुक्रिएर फेरि जोडिदै गरेकी तपाईकी चेली हुँ, मैले कुनै गलत काम गरेकी छैन । यदि गलत गरेकी रहेछु भने म त्यसको सजाय भोग्न तयार छु’, उनले भनेकी छन् ।

यस्ताे छ उनकाे स्टाटस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते