‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी गरेको आरोपमा २ जना पक्राउ

Posted on: 24 Aug, 2023

भदौ ७, काठमाडौँ | सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पर्सा बहुदामाईका ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीयाका २१ वर्षीय उमेशकुमार यादव रहेका छन् ।

उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी परेको थियो । उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

यसबारे अनुसन्धानका क्रममा ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार अभियुक्तहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ । यस्तै १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामाम बरामद गरेको छ । ब्यूरोका उप–निर्देशक प्रहरी उपरीक्षक प्रवक्ता पशुपतिकुमार रायका अनुसार उनीहरूलाई ललितपुरको कुपण्डोल मिङ्गालबाट पक्राउ गरिएको हो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!