लागुऔषध सेवनकर्ताले गरे इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार, ३ जना पक्राउ

Posted on: 25 Aug, 2023

भदौ ८, झापा | झापामा लागुऔषध सेवनकर्ताको बन्चरो प्रहारबाट इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कटुवाल घाइते भएका छन् । 

कटुवालमाथि बिहीबार साँझ शिवसताक्षी–९ झरना पूल नजिकै आक्रमण भएको थियो । लागुऔषध ब्राउन सुगर सेवन गरिरहेको सुचनाको आधारमा उनी नेतृत्वको टोली सादा पोशाकमा खटिएको थियो ।

मोटरसाइकल अनियन्त्रित तरिकाले चलाएको देखेर रोकेर सोधपुछ गर्ने क्रममा कटुवालमाथि एकजनाले बन्चरोले आक्रमण गरेका थिए । उनको टाउकोमा र हातको औंलामा चोट लागेको छ । मोटरसाइकल चालक ३२ वर्षीय विकास भन्ने अरुण तामाङ, ३३ वर्षीय लक्ष्मण टुडू र बन्चरो हान्ने अशोक तीनैजना नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!