जुत्ताको गन्ध कसरी हटाउने ?

Posted on: 25 Aug, 2023

काठमाडौँ | वर्षामा पानीले मोजा–जुत्ता भिज्ने गर्छ । पानी नपर्दा पनि पसिनाले मोजा भिज्छ । यसरी भिजिसकेको जुत्ता गन्हाउन थाल्छ । सुकेपछि अझै गनाउँछ । केही उपाय लगाएर यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । 

- यसको उपाय पनि छ, तपाईंले र्‍याकमा जुत्ता राख्नुअघि जुत्ताभित्र सेनिटाइजर छर्कनुस् र एक–एकवटा ग्रिन टीको ब्याग राखिदिनुस् । ग्रिन टीको ब्यागले पसिनाको चिल्लो पनि सोस्छ र गन्ध फैलाउने ब्याक्टेरियालाई पनि हटाउँछ । कागती वा अदुवामिश्रित ग्रिन टी अझै प्रभावकारी हुन्छ । यसले तपाईंको जुत्तालाई फ्रेस राख्छ । 


- जुत्ताको गन्ध हटाउनका लागि बेकिङ सोडा पनि प्रयोग गर्न सकिन्छ । जुत्ताभित्र एक चम्चा बेकिङ सोडा छर्किदिनुस् । बिहानसम्म बेकिङ सोडाले पसिना सोसिसकेको हुन्छ । त्यस्तै, गन्ध फैलाउने ब्याटेरिया हटिसकेको हुन्छ । 

- कटनको मोजा पसिना सोस्न सक्षम हुँदैन । त्यसैले जुत्ताको गन्ध हटाउनका लागि पसिना सोस्ने खालका मोजा लगाउनु राम्रो विकल्प हुन सक्छ । यस्ता मोजाले चाँडै पसिना सोस्छन् र ब्याक्टेरियालाई विकसित हुनबाट रोक्छन् । जसकारण, जुत्ता र खुट्टाबाट गन्ध आउँदैन । 

- लेभेन्डर आयलले पनि गन्ध हटाउन सहयोग गर्छ । तपाईंको जुत्ताभित्र एक वा दुई थोपा लेभेन्डर तेल हालिदिनुस् । यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसकारण गन्ध आउँदैन । 

- सधैँ सफा मोजा मात्रै लगाउनुपर्छ । कुनै कारणले स्पोर्टस् सुज भिजेको छ भने त्यसलाई तत्काल धोएर सुकाउनु राम्रो हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!