२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिवशिखरका सञ्चालक शर्मादम्पतीको नाममा ३३ ठाउँमा जग्गा, ७८ करोडभन्दा बढी बीगो दाबीसहित मुद्दा

८ भाद्र २०८०, शुक्रबार ०६:४८

भदौ ८, काठमाडौँ | शिवशिखर सहकाकारी तथा बहुउद्देश्यीय संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताको नाममा मात्र देशभर ३३ ठाउँमा जग्गा भेटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्माको नाममा १७ ठाउँ र गीताको नाममा १६ ठाउँमा जग्गा फेला परेको जनाएको छ । उनीहरूले खोलेका संस्था र कम्पनीका नाममा पनि देशका विभिन्न ठाउँमा जग्गा फेला परेको छ ।


बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्मा दम्पतीसहित १९ जनाविरुद्ध संगठितरूपमा सहकारी ऐनअन्तर्गतको कसूरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सहकारीका एक हजार १ सय ४५ जना बचतकर्ताले जाहेरी दिएका थिए ।

सरकारी वकिल कार्यालयले ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ २६ पैसा बिगो दावी गरेको छ । सीआईबीका अनुसार उक्त सहकारीमा २१ हजार ३ सय ६९ जना बचतकर्ताले २ अर्ब ११ करोड ५२ लाख ६२ हजार २ सय १९ रुपैयाँ २१ पैसा बचत गरेको पाइएको छ ।

अनुसन्धानमा सहकारीको नाममा विभिन्न ७ ठाउँमा जग्गा रहेको पाइएको छ । यस्तै शिवशिखर एग्रो प्रालिका नाममा २० ठाउँमा, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्रिजका नाममा ७ ठाउँमा, तुलसी कृषि अनुसन्धान केन्द्रका नाममा २२ ठाउँमा, गार्डेन मार्ट प्रालिका नाममा ७ ठाउँमा र नटराज एग्रो प्रालिका नाममा ३२ ठाउँमा, शिखर दीप एग्रोका नाममा २८ ठाउँमा, शिखर स्पाइस एन्ड फुड इन्डस्ट्रिजका नाममा एक ठाउँमा र अन्य तीन कम्पनीका नाममा झन्डै १० ठाउँमा जग्गा भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै