कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

Posted on: 25 Aug, 2023

भदौ ८, सिरहा  | भगवानपुर गाउँपालिका- ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् । 

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!