काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ

Posted on: 25 Aug, 2023

भदौ ८, काभ्रे | काभ्रेमा जुवा खेल्दै गरेका वडा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।  प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर दनुवारसहित ९ जनालाइ पक्राउ गरेको हो । 

वडा अध्यक्षसहित अन्य ९ जनालाई पाँचखाल नगरपालिका भवन सँगै रहेको एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जुवाको खालबाट नगद १ लाख ९० हजार रकम समेत बरामद् गरिएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!