धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला, हत्या आरोपमा २ जना पक्राउ

Posted on: 26 Aug, 2023

भदौ ९, काठमाडौँ | धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छ |  नवलपरासीको देवचुली नगरपालिका-३ घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ | हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

श्रेष्ठका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-४ का २५ वर्षीय लादेन भन्ने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका-१ का २१ वर्षीय बब भन्ने योगेन्द्र साह छन्।

पक्राउ परेका दुबै जनाविरूद्ध  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!