सारुक ताम्राकारका पिता एवम् अभिनेता सानु ताम्राकारको उपचारको क्रममा निधन

Posted on: 26 Aug, 2023

भदौ ९, काठमाडौँ | केही समयअघि छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको अस्पतालले जनाएको छ । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो ।

उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!