२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिन प्रचण्ड तयार

२०८०, १० भाद्र आईतवार ०६:२३

भदौ १०, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार बनेका छन् । ‘सबैलाई समेटेर जान चाहेको’ भन्दै प्रचण्डले राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।

मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेका थिए । उनी अहिले दुबईमा छन् । उनी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिएर दुबई गएका हुन् ।

तामाङले हिजो साँझ प्रचण्डसँग संसदीय समितिबारे छलफल गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको बताएका हुन् ।

राप्रपाले कुन समिति पाउने भन्ने तय भइसकेको छैन । माओवादीको भागमा पूर्वाधार विकास समिति र न्याय, कानून तथा मानवअधिकार समिति परेका छन् । त्यसमध्ये न्याय कानून समिति राप्रपाले पाउन सक्ने बताइएको छ । यो समितिमा राप्रपाबाट ध्रुवबहादुर प्रधानले प्रतिनिधित्व गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एउटा संसदीय समितिको सभापति राप्रपालाई प्रधानमन्त्रीसँग सकारात्मक छलफल भएको बताए । यसमा कुनै लेनदेन नगरिएको उनको भनाइ छ ।

तर, राप्रपालाई समिति सभापति दिएवापत प्रचण्डले कोशी सरकारमा सहभागी हुन राप्रपालाई फकाउन खोजेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते