एमसीसीका उपाध्यक्ष अलफोर्ड आज काठमाडौं आउँदै

Posted on: 29 Aug, 2023

भदौ १२, काठमाडौँ | अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन अलफोर्ड नेपालको तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै छन् ।

एमसीसीको ५० करोड अमेरिकी डलर सहयोगमा नेपालमा सञ्चालन हुने आयोजनाको बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन सुरु गरिँदै छ । सोही कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

नेपाल र एमसीसीबीच ०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीसीले नेपालका सडकको मर्मतसम्भार, सुधार र विद्युत् प्रसारणलाइनको विकासमा ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार ती आयोजना सम्पन्न गर्न नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

एमसीसी सम्झौता पाँच वर्षको रहेको छ । उक्त अवधिमा सम्झौतामा तोकिएका कार्य सम्पन्न गर्नुपर्नेछ ।

यहाँ रहँदा एमसीसी उपाध्यक्ष अलफोर्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!