२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमसीसीका उपाध्यक्ष अलफोर्ड आज काठमाडौं आउँदै

२०८०, १२ भाद्र मंगलवार ०६:३२

भदौ १२, काठमाडौँ | अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन अलफोर्ड नेपालको तीनदिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै छन् ।

एमसीसीको ५० करोड अमेरिकी डलर सहयोगमा नेपालमा सञ्चालन हुने आयोजनाको बुधबारदेखि औपचारिक रूपमा कार्यान्वयन सुरु गरिँदै छ । सोही कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

नेपाल र एमसीसीबीच ०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीसीले नेपालका सडकको मर्मतसम्भार, सुधार र विद्युत् प्रसारणलाइनको विकासमा ५० करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौताअनुसार ती आयोजना सम्पन्न गर्न नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।

एमसीसी सम्झौता पाँच वर्षको रहेको छ । उक्त अवधिमा सम्झौतामा तोकिएका कार्य सम्पन्न गर्नुपर्नेछ ।

यहाँ रहँदा एमसीसी उपाध्यक्ष अलफोर्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते