देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना

Posted on: 30 Aug, 2023

भदौ १३, काठमाडौँ | हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!