आज पनि तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Posted on: 30 Aug, 2023

भदौ १३, काठमाडौँ | बुधवार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

आज बजारमा छापावाल सुन तोलामा ८ सय रुपैयाँले वृद्धि भई १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!