सुन तस्करी प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या २४ पुग्यो

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले बतायो ।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!