कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने २९ वर्षीया महिला पक्राउ

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन् । 


अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन बनेको प्रहरीको भनाई छ । वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले अधिकारीलाई बुधवार गंगबुबाट पक्राउ गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!