सप्तरीको बोदेबसाईन नगरपालिकाका तत्कालीन मेयर र वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: 30 Aug, 2023

भदौ १३, सप्तरी | सप्तरीको बोदेबसाईन नगरपालिकाका तत्कालिन मेयर आतेशकुमार सिंहविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमअन्तर्गत कृषक समूहसँग मिलेर अनियमितता गरेको आरोप उनीविरुद्ध लागेको छ । अख्तियारले वडा-४ अध्यक्ष रामानन्द चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादब, लेखापाल सरोज कुमार मन्डल, पशु विकाश अधिकृत अर्जुनप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार शाह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!