२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्सामा टाउको नभएको अवस्थामा २२ वर्षीया एक युवतीको शव फेला

२०८०, १३ भाद्र बुधबार १०:५७

भदौ १३,  काठमाडौँ | टाउको नभएको अवस्थामा पर्सामा २२ वर्षीया एक युवतीको शब खोलामा फेला परेको छ।

पर्साको जिराभवानी गाउँपालिका- ४ स्थित वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा रहेको ईमृती खोलामा मँगलबार साँझ सात बजेको समयमा युवतीको शव फेला परेको हो।

खोलामा शव रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।पर्साका प्रहरी उपरिक्षक कोमल शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले टाउको नभएको घाँटीभन्दा तल मात्रै शरिर भएको शवलाई नियन्त्रणमा लिइ पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ।

शव सडिसकेको अवस्थामा रहेकोले पहिचान हुन नसकेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

चार फिट साढे सात इन्च उचाई भएको फिका हरियो रंग कुर्था, क्रिम रंगको हरियो रंगको सुरुवाल लगाएको युवतीलाई चिन्नु हुनेले प्रहरीमा सम्पर्क गर्न गिरीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते