काठमाडौँका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन नपाइने

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ । 

एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो । 

सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको उल्लेख छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!