पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

Posted on: 31 Aug, 2023

भदौ १४, चितवन | पहिरोले अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी सञ्चालनमा आएको छ । आज बिहान टोपे खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएका थिए । 

पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको सडक केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुइतर्फी सवारी सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पहिरोका कारण करिब २ घन्टा सवारी आवागमन प्रभावित भएको थियो। त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!