नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै बालेन शाहले गरे चीन भ्रमण स्थगित

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु  नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

उनले भनेका छन् : ‘नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका  छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा  हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!