२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महावीर पुनले बिक्रीका लागि राखे अन्तर्राष्ट्रिय पदक, किन्नेलाई उपहार दिने घोषणा

२०८०, १४ भाद्र बिहीबार ०९:५७

भदौ १४, काठमाडौँ | राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफुले पाएको तीनवटा अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् ।

रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसर पारेर आज उनले आफुले पाएका तीनवटा अन्तर्राष्ट्रिय पदक हरु बिक्रीका लागि राखेका हुन् । उनले उक्त पदकको मूल्य २० देखि २५ लाखसम्म राखिएको उक्त पदकहरु नेपालमा भने बिक्री गर्न पाइनेछैन् । वीरगञ्जको कृषि औजार कारखानामा तीन सयदेखि पाँच सय केभीसम्मको बिजुली ट्रान्सफर्मर दशैंअगावै जडान गर्नुपर्ने भएकाले पैसाको एकदमै खाँचो परेको उनले बताएका छन् ।

पुनले लेखेका छन्,‘लौ त, आज जनै पूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरु मिलेर २० देखि २५ लाखसम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरु किन्नुहोस् त । नेपालको पदकचाँहि बेच्न नपाइने भयो । ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ ।’

सन् १९९२ मा अमेरिकामा पाएको ‘होनोर ग्रयाजुएड मेडल’, सन् २००७ मा फिलिपिन्समा पाएको ‘रामोन म्यागसेसे अवार्ड मेडल’ र सन् २०१४ मा अमेरिकामा पाएको ‘इन्टरनेट हल अफ फेम’ बिक्रीका लागि राखिएको छ । पदक खरिद गर्ने व्यक्ति वा समूहलाई सम्मान पत्र, टोकन अफ लभ र उपहारको थुप्रो सित्तैमा दिइने जनाइएको छ । आविष्कारक पुनले केही समयअघि नेपाल सरकारबाट दिइएको विभूषण पनि लिलामीका लागि राखेका थिए । त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विभूषण रद्द गर्ने चेतावनी दिएको थियो ।

यी हुन् पुनले बिक्रीका लागि राखेका पदकहरु


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते