महावीर पुनले बिक्रीका लागि राखे अन्तर्राष्ट्रिय पदक, किन्नेलाई उपहार दिने घोषणा

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफुले पाएको तीनवटा अन्तर्राष्ट्रिय पदक बिक्रीका लागि राखेका छन् ।

रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसर पारेर आज उनले आफुले पाएका तीनवटा अन्तर्राष्ट्रिय पदक हरु बिक्रीका लागि राखेका हुन् । उनले उक्त पदकको मूल्य २० देखि २५ लाखसम्म राखिएको उक्त पदकहरु नेपालमा भने बिक्री गर्न पाइनेछैन् । वीरगञ्जको कृषि औजार कारखानामा तीन सयदेखि पाँच सय केभीसम्मको बिजुली ट्रान्सफर्मर दशैंअगावै जडान गर्नुपर्ने भएकाले पैसाको एकदमै खाँचो परेको उनले बताएका छन् ।

पुनले लेखेका छन्,‘लौ त, आज जनै पूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरु मिलेर २० देखि २५ लाखसम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरु किन्नुहोस् त । नेपालको पदकचाँहि बेच्न नपाइने भयो । ती पदकहरु किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ ।’

सन् १९९२ मा अमेरिकामा पाएको ‘होनोर ग्रयाजुएड मेडल’, सन् २००७ मा फिलिपिन्समा पाएको ‘रामोन म्यागसेसे अवार्ड मेडल’ र सन् २०१४ मा अमेरिकामा पाएको ‘इन्टरनेट हल अफ फेम’ बिक्रीका लागि राखिएको छ । पदक खरिद गर्ने व्यक्ति वा समूहलाई सम्मान पत्र, टोकन अफ लभ र उपहारको थुप्रो सित्तैमा दिइने जनाइएको छ । आविष्कारक पुनले केही समयअघि नेपाल सरकारबाट दिइएको विभूषण पनि लिलामीका लागि राखेका थिए । त्यसपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विभूषण रद्द गर्ने चेतावनी दिएको थियो ।

यी हुन् पुनले बिक्रीका लागि राखेका पदकहरु


यस बिषयमा तपाइको प्रतिक्रिया...!