काठमाडौँ र ललितपुरका यी क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने

Posted on: 01 Sep, 2023

भदौ १५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ । 

आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सब स्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले टेकू तथा के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरुद्ध हुने जानकारी दिएको हो।

स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा भोलि बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!