२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि जलेश्वर जलमग्न

२०८०, १५ भाद्र शुक्रबार ०८:०५

भदौ १५, जलेश्वर | आधा घण्टा लगातार मुसलाधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

आज करिब १०: ३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ  । तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ ।

पानीका कारण बाटोमा सवारी साधन गुडाउन समस्या भएपछि कार्यालयमा कामकाजका लागि आउजाउ गर्ने सेवाग्राहीसमेत मारमा परेका छन् ।  लामो समयदेखि पानी नपरेका कारण नगरभित्रको सम्पूर्ण ढल जाम भएर जलेश्वर अहिले जलमग्न भएको हो ।  पानीको निकासका लागि विभिन्न स्थानमा स्काभेटर तथा डोजर लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते